Sunday, December 15, 2024
spot_img

सुपर तल्लो बागमतीमा लक्ष्मी सनराइजको अगुवाईमा ३ बैंकले लगानी गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निर्माणाधीन ४१.४६ मेगावाटको सुपर तल्लो बागमती जलविद्युत् आयोजनामा लक्ष्मी सनराइजको अगुवाईमा दुई बैंकले ७५ प्रतिशत ऋण लगानी गर्ने भएका छन् । आयोजनामा लगानी गर्न बैंक र प्रवर्द्धक कम्पनी सुपर बागमती हाइड्रो पावर लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा पहिचान भएको सुपर तल्लो बागमती जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न ९ अर्ब २८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

कूल लागत मध्ये ७५ प्रतिशत अर्थात करिब ६ अर्ब ९ करोड रुपैयाँ बैंकहरुले ऋण लगानी गर्ने भएका छन् । बाँकी २५ प्रतिशत लगानी प्रवर्द्धक/संस्थापकहरूको रहने छ ।

सो परियोजनामा लक्ष्मी सनराईज बैंकको कर्जा प्रतिवद्धता ३ अर्ब ४ करोड रुपैयाँ छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये सह–अगुवा एभरेष्ट बैंकले २ अर्ब ५ करोड रुपैयाँ तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब रुपैयाँ लगानी छ ।

कम्पनीले यो आयोजना निर्माण गर्न २०७८ माघ १२ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पत्र लिएको थियो । २०८० असार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ ।

अहिले आयोजनाको स्वपुजी लगानीमा निर्माण भइरहेको छ । आयोजनाबाट २४३.८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उत्पादीत विद्युत् २८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चन्द्रनिहापुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्ने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img