काठमाडौँ । बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले आफ्नाे सेयरधनी सदस्यका लागि हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएकाे हाे ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएकाे छ । कम्पनीले आगामी जेठ ३० गते हुने साधारणासभामा सेयर निष्कासन प्रस्ताव गरेकाे छ । सभाबाट पारित भएपछि सेयर निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएकाे छ ।
कम्पनी नुवाकाेटमा सञ्चालनमा रहेकाे ४.९९३ मेगावाटकाे तादी खाेला जलविद्युत् आयाेजनाकाे प्रवर्द्धक हाे । कम्पनीकाे हालकाे चुक्ता पुँजी ४० कराेड रुपैयाँ रहेकाे छ ।
तादी खाेलाकाे बिजुली उपयोग गरी हाइड्रोजन उत्पादन गर्न कम्पनी र काठमाडौँ विश्वविद्यालय (केयू) चैत ७ गते सम्झौता भएको छ । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाउने भएको छ ।
यसअघि काठमाडौँ विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्ड भित्रै हाइड्रोजन ल्याब स्थापना गरी हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर निजी क्षेत्रबाट भने यसअघि हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् ।
याे पनि पढ्नुहाेस्ः निजी क्षेत्रबाट हाइड्रोजनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमि, तादी खोलाको विद्युतबाट हाइड्रोजन उत्पादन हुँदै