Sunday, January 19, 2025
spot_img

लाइन निर्माण तथा विद्युत वितरणमा निजी क्षेत्रलाई ढोका खुल्यो, ऊर्जा क्षेत्रका लागि ५१ अर्ब ७४ कराेड बजेट

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले विद्युत वितरण तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रकाे सहभागिता गराउने घाेषणा गरेकाे छ । मंगलबार आव २०८१/०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्ताे जानकारी दिएका हुन् ।

उनले बिजुली बिक्री वितरणमा निजी क्षेत्रको पनि संलग्नता हुने बताएका हुन् । अहिले नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको बिक्री वतरण गर्दै आएको छ ।

४०० केभी क्षमताको ढल्केबर इनरुवा, बाह्रबिसे खिम्ती लप्सीफेदी प्रसारण लाइनको निर्माण सम्म गरिने भएको छ । सेती, भेरी बुढीगण्डकी कोरिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने सरकारी लक्ष्य छ ।

यसैगरी, ४०० केभी क्षमताको न्यू बुटवल गोरखपुर अन्तरदेशिया प्रसारण लाइन निर्माण सम्पन्न गर्ने गर्ने सरकारको लक्ष्य छ । इनरुवा पुर्णिया, दोधारा बरेली लाइन निर्माणका लागि आवश्यक अवस्था गरिएको छ । प्रसारण लाइनको राइट अफ वे का लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि जग्गा धनीलाई सेयर दिने व्यवस्था समेत बजेटले गरेको छ ।

यस क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन भएकाे छ। 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img