Thursday, October 10, 2024
spot_img

मध्य कालीगण्डकी क्यासकेडका लागि एकवर्षभित्र लगानी जुटाउने

spot_img

Share

spot_img

काठमाडौँ । आईएमई समूहले ८६ मेगावाटको मध्य कालीगण्डकी क्यासकेड जलविद्युत् आयोजनाका लागि यही वर्ष लगानी जुटाउने गरी काम गरिरहेको छ । समूहले ६६.३ मेगावाटको मध्य कालीगण्डकीको क्यासकेड आयोजना निर्माणका लागि २०८१ भित्रै लगानी जुटाउने भएको छ ।

मध्य कालीगण्डकीको तल्लो क्षेत्रमा अगाडि बढाइएको क्यासकेड आयोजना निर्माणका लागि यही वर्षभित्र लगानी जुटाउने गरी काम भइरहेकाे समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । उनले यो आयोजना निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए ।

यो समूहले अन्तर्गत हाइड्रो सर्पोट प्रालिले निर्माण गर्ने मध्य कालीगण्डकीको लागि लगानी सुनिश्चित भइसकेको छ । परियोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सहवित्तीयकरणमा ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको यो परियोजनामा लागत अनुमान ब्याजसहित १४ अर्ब ८३ करोड ९७ लाख रुपैयाँ रहेको छ  । आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट लगानी जुटाइएको छ ।

त्यसमा निर्माण अवधिको ब्याजसहित बैंकहरूले ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । बाँकी ३ अर्ब ७० करोड ९९ लाख रुपैयाँ भने कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्ने भएको छ  । जुन इक्विटीमा आइएमई समूह र सर्वसाधारणको लगानी रहनेछ  । यो आयोजनाको स्थलगत निर्माण भने आगामी असोजदेखि सुरु हुनेछ । आयोजनाको निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने योजना छ ।

हाल परियोजनाको निर्माणपूर्वका काम भइरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img