Saturday, September 21, 2024
spot_img

आँधीखोलामा बाढीले क्षति पुर्याउँदा ४० हजार बढी घरधुरीकाे विद्युत आपूर्ति बन्द

spot_img

Share

spot_img

काठमाडाैँ । अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण ९.४ मेगावाटकाे आँधीखोला जलविद्युतगृहमा क्षति हुँदा ४० हजार घरकाे विद्युत् सेवा अवरुद्ध भएको छ । बुटवल पावर कम्पनीले सञ्चालन गरिरहेकाे आयोजनाको बाँधस्थलमा बाढीले क्षति पुर्याएपछि सेवा बन्द भएकाे हाे ।

आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिटी, बालुवा भरिएको बिपिसीका प्रमुख डोल खरेलले बताए । खोलामा जल सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था नभएकाे पनि उनले जानकारी दिए । खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्रै टनेलमा पानी पठाएपछि मात्रै विद्युत् सेवा सञ्चालन हुनेछ ।

आँधीखोलाबाट उत्पादन भएको विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मीको केही भेग र पर्वतको केही भेग गरी करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको प्रमुख खरेलले जानकारी दिए।

मर्मतका लागि प्राविधिक र उपकरण तयारी अवस्थामा भएपनि ठाउँठाउँमा सडक अवरुद्ध भएकाले कठिनाइ भइरहेको पनि उनले जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img