Thursday, October 10, 2024
spot_img

विद्युतीय सवारीको क्रेज बढ्दै, खाद्य संस्थानले दुई र चार पाङ्ग्रे गाडी किन्ने

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति लिएसँगै यसको प्रयोग बढ्दै गएको छ । नागरीकसँगै निजी क्षेत्र, सरकारी निकायहरूले कार्यालय प्रयोजनका लागि विद्युतीय सवारीको प्रयोग बढाउन थालेका छन् ।

नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निमगलगायत निजी क्षेत्रले विद्युतीय सवारी खरिद गरी प्रयोग गरिरहेका छन् । यसैगरी, खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडले पनि विद्युतीय कार, स्कुटर र मोटरसाइकल खरिद प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले यसका लागि बोलपत्रदाता समेत छनौट गरिसकेको छ । संस्थानले दुईवटा विद्युतीय कार र ५/५ वटा विद्युतीय स्कुटर र मोटरसाइकल खरिदका लागि बोलपत्र स्वीकृत गरेको हो ।

दुईवटा विद्युतीय कार ६८ लाख ९० हजार ६०० रुपैयाँमा किन्न लागेको हो । त्यस्तै ५ वटा मोटरसाइकल डी लाइफस्टाइलसँग २४ लाख १९ हजार ४९९ रुपैयाँमा खरिद गर्न लागेको संस्थानले जनाएको छ ।

विद्युतीय स्कुटर भने इको इन्फिनिटीसँग खरिद गर्न लागेको छ । ५ वटा विद्युतीय स्कुटरका लागि संस्थानले २३ लाख ७५ हजार रुपैयाँमा टेन्डर स्वीकृत गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img