Thursday, December 5, 2024
spot_img

सामुदायिक सिँचाइका लागि सौर्य पम्प जडान गर्न आवेदन माग

spot_img

Share

spot_img

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सामुदायिक सिँचाइका लागि सौर्य पम्प जडान गर्न आवेदन माग गरेको छ । केन्द्रले ‘नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रमा सौर्य ऊर्जाको प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत सौर्य सिँचाइ प्रणाली जडान गर्न आवेदन माग गरेको हो ।

नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र तथा जर्मन सहयोग नियोग अन्तर्गत सौर्य सिँचाइ प्रणाली (सोलार पम्पिङ सिम्टम) जडानका लागि आवेदन माग गरेको हो ।

इच्छुकले आगामी भदौ १२ गतेसम्म आवेदन दिन सक्ने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसका लागि पानीको स्रोत कुनै पनि माध्यमबाट विद्युत् वितरण सेवा उपलब्ध स्थानबाट ३०० मिटर भन्दा टाढा रहेको, सम्बन्धित पालिकाबाट सिफारिस भएको तथा कूल लागतको ४० प्रतिशत रकम पालिकाबाट प्रतिवद्धता भएकोले आवेदन पेश गर्न सक्नेछन् ।

आवेदन पेश गर्दा उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि, लाभान्वित कृषकहरूको नाम र जग्गाको क्षेत्रफल, कृषकहरूको नागरिकताको छायाँप्रति, जग्गा भाडामा लिएको भए जग्गाको भोगधिकार खुल्ने स्थानीय तहले सिफारिस गरेको सम्झौता पत्रको फोटोकपी र सम्बन्धित स्थानीय तहको सिफारीस सहित पेश गर्नुपर्ने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img