Friday, March 28, 2025
spot_img

वाणिज्य बैंकहरूद्वारा साढे ३ खर्ब कर्जा प्रवाह, यो वर्ष ९०० मेगावाट विद्युत् प्रणालीमा थपिने

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले चालु आर्थिक वर्ष (आव) भित्र ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप्ने लक्ष्य लिएको छ । देशका विभिन्न क्षेत्रमा निर्माणाधीन तथा निर्माण सम्पन्न हुन लागेका आयोजनाबाट उक्त परिमाणको विद्युत् प्रणालीमा थपिने अनुमान गरिएको हाे ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार अर्थात असार ११ गते सार्वजनिक गरेको गरेको आव २०८१/८२ को मौद्रिक नीतिअनुसार यो वर्ष ९०० मेगावाट विद्युत् प्रणालीमा थप हुने अनुमान छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आव २०८०/८१ मा ३५२ मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

प्राधिकरण र निजी क्षेत्रका धेरै जलविद्युत आयोजनाहरू निर्माणाधीन रहेका छन् । नेपाल सरकारबाट तेस्रो लगानी सम्मेलनमार्फत जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न कानूनी तथा नीतिगत सुधार गरेकोले यस क्षेत्रको विकासले थप गति लिने अनुमान छ ।

मौद्रिक नीतिअनुसार वाणिज्य बैंकहरूको २०८१ जेठ मसान्तसम्ममा ऊर्जा क्षेत्रका आयोजनामा ३ खर्ब ५० अर्ब ७४ करोड रुपैयाँ अर्थात कूल कर्जा प्रवाहको ७.९ प्रतिशत कर्जा प्रवाह गरेका छन् । बैकले गरेको कर्जा प्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ अर्ब ५७ करोड रुपैयाँ बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकहरूबाट लगानीमा रहेको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.२ प्रतिशत अर्थात ५८२ अर्ब ४९ करोड, लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९.२ प्रतिशत अर्थात ४०७ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी, विकास बैंकहरूबाट कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.० प्रतिशत अर्थात १२५ अर्ब ८३ करोड र वित्त कम्पनीहरूबाट २१.६ प्रतिशत अर्थात १९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img