Thursday, December 5, 2024
spot_img

प्राधिकरणले लेखा समितिमा बुझायो टिओडी मिटरको डाटासहितको प्रमाण

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक लेखा समितिमा डेटिकेटेड तथा ट्रकं लाइन प्रयोग गरेको उद्योगहरूको टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड बुझाएकाे छ । प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड लाइन प्रयोग गरेवापतको डेटासमेटिएको करिब ७० हजार पेजको विवरण लेखा समितिमा बुझाएकाे हाे ।

प्राधिकरणले टीओडी मिटरको लगसिट २४ पोकासहित ३० पोका र २ इन्डेक्स फाइल लेखा समितिमा पेस गरेको हो । याे पनि पढ्नुहाेसः ट्रंक एण्ड डेडिकेटेड विवादः ५० हजार पेजको टिओडी मिटरको रेकर्ड लेखा समितिमा बुझाउँदै प्राधिकरण

प्राधिकरणका दुई सञ्चालकलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

प्राधिकरणका दुई सञ्चालकलाई नहटाउन सर्वोच्च अदालदले अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्चका न्यायधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै प्राधिकरणका दुवै सञ्चालको पुनर्बहाली भएको छ भने सरकारले नियुक्त गरेका दुई सञ्चालकहरू देवेन्द्र कार्की र महेन्द्र गुरुङलाई नियुक्ति गर्ने निर्णय तत्काललाई रोकिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img