काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले प्राधिकरणको नेतृत्व गरेदेखि ८२ अर्ब रुपैयाँ नाफा कमाएको दाबी गरेका छन् । ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई अहिले सञ्चित नाफामा लगेको बताए ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा लगेको बताए । यस अवधिमा विद्युत् महसुल तीन पटक गरी २५ प्रतिशत घटाइए पनि प्राधिकरणको नाफामा कमी नआएको बताए ।
‘अहिले ५९ लाख विद्युत् ग्राहकमध्ये करिब २२ लाख न्यूनतम शुल्क ३० रुपैयाँ भएका ग्राहकलाई नि:शुल्क ऊर्जा दिएको छु,’ उनले भने, ‘तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।
८ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ । प्रतिव्यक्ति बिजुली खपत १३१ युनिटबाट बढेर ४०० युनिट पुगेको छ । घर–घर र वस्तीवस्तीमा बत्ती बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उनले बताए ।
प्राधिकरणकाे नेतृत्व सम्हालेपछि सम्पादन गरेका कार्यहरूः कार्यहरू वा प्राधिकरणकाे उलपब्धीहरू