Thursday, December 5, 2024
spot_img

तल्लो इर्खुवाको निर्माण अन्तिम चरणमा, यसै वर्ष विद्युत् उत्पादन हुने

spot_img

Share

spot_img

काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनीको सहायक लोअर इर्खुवा हाइड्रो पावर कम्पनीले निर्माण गरीरहेको १४.५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले आयोजनाको सिभिल, हाइड्रो तथा इलेक्ट्रो मेकानिकलको काम अन्तिम चरणमा पुर्याएको हो ।

आयोजनाको अधिकांश काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । बाँकी काम पूरा गरी यसै वर्षदेखि विद्युत् उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । यसअघि आयोजनाबाट २०७९ सालभित्र विद्युत् उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको हो ।

आयोजनाको सिभिल संरचनामध्ये बाँध, बालुवा थिग्राउने ट्याङ्की, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युतगृह, स्वीचयार्ड आदीको काम अनिल मल्बिगाले थापबिएनटी जेभीले गरिरहेको छ । यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको लागि अन्तराष्ट्रिय प्रतिस्पर्धामा चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वक्स् (सिडब्लुटीडब्लु) ले गरिरहेको छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् २२० केभी शितलपाटी सबस्टेसनमा जोड्ने योजना भएपनि शितलपाटी सबस्टेसन निर्माण सम्पन्न गर्न समय लाग्ने भएकोले वैकल्पिक रुपमा जोड्नका लागि लाइनको व्यवस्थाको काम भइरहेको पनि कम्पनीले जनाएको छ ।
शितलपाटी सबस्टेसन तयार नभएसम्म आयोजनाको विद्युत १६ किलोमिटर दुरीमा रहेको तुम्लिङटार सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कोभिड–१९ लगायतका कारण आयोजनाको उत्पादन तालिका प्रभावित हुँदा लागत करिब २० प्रतिशतले बढ्ने कम्पनीले जनाएको छ ।

आयोजनाको लगानी बैंकको ऋण तथा स्वपूँजी लगानीबाट जुटाइएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

आयोजनाको मुख्य प्रवद्र्धक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति पाएको छ । कम्पनीको यो आयोजनाको पनि काम अन्तिम चरणमा पुगेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img