Sunday, December 15, 2024
spot_img

८ मेगावाटको तादी घ्याङफेदीको पिपिए, साढे दुई वर्षमा सम्पन्न गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अघि बढेको ८ मेगावाटको तादी घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । प्रवर्द्धक एबीपी इनर्जी प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ र प्राधिकरणका तर्फबाट निर्देशक राजन ढकालले हस्ताक्षर गरे । सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन भएको विद्युत् हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्नेछ ।

यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेका छन् । आयोजनाको निर्माण यही असोज २९ गतेदेखि सुरु गरी २०८४ बैशाख ३१ गतेभित्र सम्पन्न गर्ने याेजना रहेकाे सञ्चालक खतिवडाले बताए ।

अहिले आयोजनाको निर्माण पूर्वको तयारी भइरहेको छ । कम्पनीले २०७४ भदौ २६ गते अध्ययन अनुमति पाएको थियो । कम्पनीले सम्भाव्यता अध्ययन सम्पन्न २०७४ फागुन २५ गते, विद्युत जडान सम्झाैतामा हस्ताक्षर २०७७ चैत २४, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार २०८० बैशाख १ गते सम्पन्न गरेकाे थियाे ।

आयोजनामा २२८१.३६ मिटर हेडरेस पाइप र १६३२.०८ मिटर पेनस्टक पाइप रहने गरी डिजाइन तयार पारिएको छ । ४१२३ किलोवाटको दुई वटा टवाईन रहने आयोजनाबाट वार्षिक ४८.७४६ गिगावाट घण्टा विद्युतु उत्पादन हुनेछ । बर्खामा ३२.७२ गिगावाट घण्टा र हिउँदमा १५.९७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

उत्पादीत विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १० किलोमिटर दुरीमा रहेको प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।आयोजना सम्पन्न गर्न १ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत २० करोड ५० लाख रुपैयाँ हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img