काठमाडौँ । कोसी प्रदेशमा ९९.३० प्रतिशत विद्युतीकरण भएकाे छ । नेपाल विद्युत् प्राधिकरणले यो प्रदेश पूर्ण विद्युतीकरण गर्न लागेको हो । कोसी प्रदेशमा १४ जिल्ला छ । जसमा ४ वटा जिल्ला पूर्ण विद्युतीकरण भएका प्राधिकरणले जानकारी दिएको छ ।
ताल्लेजुङ
प्रदेश अन्तर्गतको ताप्लेजुङमा विद्युतीकरण ९७.५३ प्रतिशत भएको छ । जसमा फुङलिङ नगरपालिका र आथराई त्रिवेणी गाउँपालिका पूर्ण विद्युतीकरण भएको छ । सिदिङवा गाउँपालिका ९६.९१, फक्थाङलुङ गाउँपालिका ९३.९६, मिक्वा खोला गाउँपालिका ९५.०६, मेरिङदेन गाउँपालिका ९७.०२ प्रतिशत, मैवाखोला गाउँपालिका ९६.०२, पाथिभरा याङवाराक गाउँपालिका ९८.४६ र सिरीजंगा गाउँपालिकामा ९५.७० प्रतिशत विद्युतीकरण भएको छ । यो जिल्लामा ३३ केभीको १०३.५०, ११ केभीको २१२.४५ र एलटी लाइन ३२५.४२ किलोमिटर छन् । १७९ वटा ट्रान्सफर्मर छन् ।
पाँचथर
९९.७५ प्रतिशत विद्युतीकरण भएको यो जिल्लाको ४ वटा स्थानीय तह पूर्ण विद्युतीकरण भएको छ । यो जिल्लाको फिदीम, हिलीनाङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिका पूर्ण विद्युतीकरण भएको छ । यसैगरी, मक्लाजुङ ९९.३२, फलेलुङ ९९, तुम्बेवा ९९.७९ र याङ्गावारक गाउँपालिका ९९.७० प्रतिशत विद्युतीकरण भएको छ । ३ एमभिएको फिदीम सबस्टेसन रहेको जिल्लामा ३३ केभीको ५८, ११ केभीको ५३३.२५ र एलटी लाइन ९५५.०७ किलोमिटर निर्माण भएको छ । जिल्लामा ३५८ ट्रान्सफर्मर छन् ।
इलाम
इलाममा ९९.७० प्रतिशत विद्युतीकरण भएको छ । १० वटा स्थानीय तहमध्ये ३ वटा पूर्ण विद्युतीकरण भएको छ । शतप्रतिशत विद्युतीकरण हुनेमा इलाम नगरपालिका, सूर्यदय नगरपालिका, माङ्सेबङ गाँउपालिका रहेका छन् । यसैगरी, देउमाईमा ९९.७७, माई नगरपालिकामा ९९.२२, फकाफोक्थुमको ९९.५९, चुलाचिलको ९९.८६, माइ जोगमाई ९९.३२, रोङमा ९८.९७ र सन्दकपुर गाउँपालिकामा ९९.३० प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ । जिल्लामा ८÷८ एमभीको फिकल र तिलकेनी सबस्टेसन रहेको छ । ३३ केभीको १०२.१९, ११ केभीको ७१४.५३ र एलटीको १८०१.१९ किलोमिटर लाइन छ । ६४८ ट्रान्सफर्मर रहेका छन् ।
झापा
झापामा शतप्रतिशत विद्युतीकरण भएको छ । १५ वटा स्थानीय तह भएको जिल्लामा ७ वटा सबस्टेसन छन् । जिल्लामा ३३ केभीको ९४.६८, ११ केभीको १७८०.३९ र एलटी लाइन ५६०८.८७ किलोमिटर लाइन छ । १७५५ वटा ट्रान्सफर्मर छन् ।्मरङ
मोरङ
मोरङ पनि पूर्ण विद्युतीकरण भएको जिल्ला हो । यहाँ १७ वटा स्थानीय तह छन् । विभिन्न क्षमताका ७ वटा सबस्टेसन रहेको यस जिल्लामा ३३ केभीको १९२.०३, ११ केभीको १५८३.०७ र एलटी लाइन ६०८८.२७ किलोमिटर छ भने १८११ वटा ट्रान्सफर्मर छन् ।
सुनसरी
शत प्रतिशत विद्युतीकरण भएको यो जिल्लामा १२ वटा स्थानीय तह छन् । यहाँ ११०२ वटा ट्रान्सफर्मर छन् । ३३ केभीको १६८.१८, ११ केभीको ११०१.६६ र एलटी लाइन २८८८.७७ किलोमिटर रहेको यो जिल्लामा विभिन्न क्षमताका ३ वटा सबस्टेसन छन् ।
धनकुटा
७ वटा मात्र स्थानीय तह भएको धनकुटामा पनि पूर्ण विद्युतीकरण भएको छ । जिल्लामा ३ सबस्टेसन छन् । ३३ केभीको ६८.२१, ११ केभीको ४७९.५० र एलटी लाइन १९०८.२४ किलोमिटर लाइन रहेको जिल्लामा ४८४ वटा ट्रान्सफर्मर छन् ।
तेह्रथुम
यो जिल्लामा ६ वटा मात्रै स्थानीय तह छन् । यो जिल्लामा ९९.९५ प्रतिशत विद्युतीकरण भएको छ । म्याग्लुङ, लालिगुरास नगरपालिका, छत्तर र मेन्छ्याम गाउँपालिका पूर्ण विद्युतीकरण भएको छ भने आथ्राई गाउँपालिकामा ९९.८२ र फेदेम गाउँपालिकामा ९९.९४ प्रतिशत विद्युतीकरण भएको छ । ८÷८ एमभीको दुई सबस्टेसन रहेको जिल्लामा ३३ केभीको १७, ११ केभीको ४५० र एलटी लाइन १३१८.५८ किलोमिटर छ । २७० वटा ट्रान्सफर्मर छन् ।
संखुवासभा
संखुवासभामा ९३.९९ प्रतिशत विद्युतीकरण भएको छ । १० वटा स्थानीय तहमध्ये धर्मादेवी, खाँलबारी र मादी नगरपालिका पूर्ण विद्युतीकरण भएको छ । चैनपुरमा ९९.७६, पाँचखपतमा ९५.७४, भोटखोलामा ७५.०६, चिचिला गाउँपालिकामा ९५.९४, मकालूमा ७०.९४, सभापोखरीमा ९०.९५ र सिलिचोङमा ९३.९९ प्रतिशत विद्युतीकरण भएको छ । जिल्लामा ३३ केभीको ४६.१०, ११ केभीको ५५०.०८ र एलटी लाइन ८७७.१३ किलोमिटर छ । ८÷८केभी क्षमताको दुई सबस्टेसन रहेको जिल्लामा ३३३ ट्रान्सफर्मर रहेका छन् ।
भोजपुर
९८.५५ प्रतिशत विद्युतीकरण भएको भोजपुरमा ९ वटा स्थानीय तह छन् । जसमध्ये दुई वटा मात्र स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको प्राधिकरणले जानकारी दिएको छ । भोजपुर नगरपालिका र अरुण गाउँपालिकामा पूर्ण विद्युतीकरण भएको छ । शादानन्द नगरपालिका, हटुवागढी, रामप्रसाद राई, आमचोक, ट्याम्के माइयुम, पाउँवादुग्मा र साल्पासिलीछो गाउँपालिकामा अझै विद्युतीकरण हुन बाँकी छ । ३३ केभीको ११३.४२, ११ केभी ५२१.४२ र एलटी लाइन ९८४.६६ किलोमिटर लाइन रहेको जिल्लामा ३३८ ट्रान्सफर्मर रहेका छन् ।
सोलुखुम्बु
यो जिल्लामा ८९.०४ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी विद्युतीकरण सोलुदूधकुण्ड नगरपालिका ९९.५२ प्रतिशत र सबैभन्दा कम खुम्बु पासाङल्वामु गाउँपालिकाको १५.३८ प्रतिशत क्षेत्रमा मात्र विद्युतको पह्ुँच पुगेको छ । थुलुङ दूधकोसी, महाकुलुङ र नेचा सल्यान गाउँपालिकामा ९८÷९८ प्रतिशत विद्युतीकरण भएको छ भने माप्पे दूधकोसीमा ९३.८७, सोताङमा ८८ र लिुखु पिके गाउँपालिकामा ९२ प्रतिशत विद्युतीकरण भएको छ । जिल्लामा ३३ केभीको ४०, ११ केभीको २७२.१४ र एलटी लाइन ५३५.३९ किलोमिटर रहेको छ भने ट्रान्सफर्मर १३९ वटा छन् ।
ओखलढुंगा
९८.१७ प्रतिशत विद्युतीकरण भएको यो जिल्लामा ८ वटा स्थानीय तह छन् जसमा २ वटा स्थानीय तहमा शतप्रतिशत विद्युतीकरण भएको छ । बाँकी सुनकोसीमा ९९.८० र चिसाङ्खुगढीमा ९९.८८ प्रतिशत विद्युतीकरण भएको छ । चम्पादेवीमा ९६.२५, मोलुङमा ९६, लिखुमा ९७.५० र खिजी देम्बामा ९३.५८ प्रतिशत विद्युतीकरण भएको छ । ३३ केभीको ३३.२०, ११ केभीको ४७६.८२ र एलटी लाइन ७२४.६७ किलोमिटर रहेको जिल्लामा २२८ वटा पावर ट्रान्सफर्मर रहेका छन् ।
खोटाङ
९७.३६ प्रतिशत विद्युतीकरण भएको यो जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका मात्रै शतप्रतिशत विद्युतीकरण भएको छ । खोटेहाङ, दिपरुङ र सकेला गाउँपालिकामा ९८/९८ प्रतिशत विद्युतीकरण भएको छ । हलेसी तुवाचुङमा ९७.२३, एैसेलुखकैमा ८९, जान्तेढुङ्गामा ९६.४३, कपिलासगढीमा ९६.३१, बाह्रपोखरीमा ९१.४८ र लामीडाँडामा ९७.७६ प्रतिशत विद्युतीकरण भएको छ । २ वटा सबस्टेसन रहेको यो जिल्लामा ३३ केभीको १४७.२०, ११ केभीको ७६४.३९ र एलटी लाइन १६६२.१६ किलोमिट छ । ३५६ वटा पावर ट्रान्सफर्मर रहेका छन् ।
उदयपुर
उदयपुरको ९९.१९ प्रतिशत क्षेत्रमा विद्युतको पहुँच पुगेको छ । ८ वटा स्थानीय तह भएको जिल्लाको ३ वटा स्थानीय तहमा शत प्रतिशत विद्युतीकरण भएको छ । त्रियुगा, कटारी नगरपालिका र लिमचुङबुङ गाउँपालिका पूर्ण विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ । चौदण्डीगढीमा ९९.९१, बेलाकामा ९९.८५, उदयपुरगढीमा ९९.६५, रौतामाईमा ९९.७५ र तप्लीमा ९९.८० प्रतिशत विद्युतीकरण भएको छ । यहाँ ३३ केभीको ५१.७१, ११ केभीको ८२७.८९ र एलटी लाइन १९८०.६९ किलोमिटर लाइन छ भने ६४७ वटा पावर ट्रान्सर्फमर रहेका छन् ।