Thursday, October 10, 2024
spot_img

कुलेखानी बाँधमा पानीको सतह उच्च, सावधान रहन अनुरोध 

spot_img

Share

spot_img

काठमाडाैँ । अविरल वर्षाले कुलेखानी जशालयमा पानीकाे सतह उच्च रहेकाे छ । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशय भरिएर पानी बग्न सक्ने भन्दै मुख्य बाँधको ढोकाहरू पनि खोल्नुपर्ने स्थिति आउन सक्ने जानकारी दिएकाे छ ।

बाँधकाे ढाेकाल जतिसुकै बेला खाेलिने हुँदा खोलाको बहाव बढ्न गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुबानमा पर्ने सम्भावना रहेको जनाउँदै स्थानीयहरूलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सूचनामा कुलेखानी ड्याममा पानीको सतह बढ्ने र मुख्य ड्यामको ढोका खोल्दा बागमती खोलाको बहाब बढ्न गई तटीय क्षेत्रमा कुनै पनि वेला डुबान हुनसक्ने सम्भावना रहेको जनाइएको छ ।

प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले आज जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई चिठी लेख्दै यस्तो अनुरोध गरेको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img