काठमाडौँ । आशुतोष इनर्जी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आज (असोज २० गते) सम्पन्न सातौ वार्षिक साधारणसभाले करिब साढे दुई करोड रुपैयाँ नगद लाभांश स्वीकृत गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले कमाएको खुद मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.२३६ प्रतिशतले अर्थात २ करोड ५२ लाख ६३ हजार १५७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरिएको कम्पनीका अध्यक्ष मोहन बिक्रम कार्कीले बताए ।
उनका अनसार नगद लाभांश वितरण बढ्दै जानेछ । कम्पनीको चेपे खोला जलविद्युत् आयोजनाले २०७९ असोज १६ गतेबाट व्यवसायिक उत्पादन सुरु गरेको हो ।
आयोजनाबाट उत्पादीत विद्युत् लमजुङ जिल्लाको किर्तिपुर–उदीपुर–मार्कीचोक सबस्टेसन हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रिय प्रसारण लाइनमा जाडिनुपर्ने हो । तर, लाइन निर्माणमा प्राविधिक कारणले ढिलाई भएकोले आयोजनाको उत्पादीत विद्युत् प्राधिकरणकै मध्य मस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डमा अवस्थित १३२ केभीको ‘वे’ जोडि विद्युत् बिक्री भइरहेको छ ।
उक्त बैकल्पिक योजनाका कारण कम्पनीले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा क्रमशः ५ करोड ७५ लाख र ८ करोड ८२ लाख गरी १४ करोड ५७ लाख रुपैयाँ नोक्सानी बेहोरीसकेको कार्कीले बताए ।