Tuesday, February 18, 2025
spot_img

फागुन र चैतमा प्राधिकरणका ३३ कर्मचारीले अनिवार्य अवकास पाउँदै

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका ३३ कर्मचारीले आगामी फागुन र चैतमा अनिवार्य अवकास पाउने भएका छन् । प्राधिकरणमा कार्यरत उक्त कर्मचारीहरूले शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्रका आधारमा अनिवार्य अवकास पाउने भएका हुन् ।

प्राधिकरण अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत ३३ कर्मचारीमध्ये १२ जनाले फागुनमा र २१ जनाले चैतमा अवकास पाउने जनाईको छ । फागुनमा अवकास पाउनेमध्ये १० जनाले शैक्षिक प्रमाणपत्रका आधारमा र २ जनाले नागरिकता प्रमाणपत्रका आधारमा अवकास पाउने भएका छन् । अवकास पाउनेमा तह २ देखि ७ सम्मका कर्मचारी छन् ।

यसैगरी, चैतमा अवकास हुनेमध्य २० जनाले शैक्षिक प्रमाणपत्रका आधारमा र एकजनाले मात्र नागरिकता पमाणपत्रका आधारमा अवकास पाउने प्राधिकरणले जानकारी दिएको छ । अवकास हुनेमा तह १ देखि ९ सम्मका कर्मचारी रहेका छन् ।

फागुन र चैतमा अवकास हुने कर्मचारीकाे विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img