Thursday, November 14, 2024
spot_img

बाढीपहिरो पीडितलाई आयल निगमको तीन करोड सहयोग

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

बाढी पीडितलाई सघाउन आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निगमको कर्पोरेट सामाजिक उत्तरदायित्व अर्न्तगत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा बजेट सहयोग गरेको निगमले जनाएको छ । सो सहयोगले केही बिस्थापितहरुलाई पुनःस्थापना गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img