Thursday, December 5, 2024
spot_img

१३.५ मेगावाटको सुपर काबेली ‘ए’ को उत्पादन परीक्षण सुरु

spot_img

Share

spot_img

काठमाडौँ । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ मा निर्माण सम्पन्न १३.५ मेगावाटको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन परीक्षण सुरु भएको छ । स्नो रिर्भस लिमिटेडले निर्माण गरेको आयोजनाको विद्युत् उत्पादन परीक्षण सुरु भएको हो ।

आयोजनाबाट उत्पादीत बिजुली प्रसारण लाइनमा प्रवाह गरी परीक्षण गरेको कम्पनीले जानकारी दिएको छ । विद्युतगृहदेखि पाँचथरको अमपुरस्थित दुवीचौरमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभी लाइनमा विद्युत् प्रवाह गरी परीक्षण उत्पादन सुरु भएको छ ।

परीक्षण अवधिभर काबेली खोला किनारमा माछा मार्ने, नुहाउने, गाईवस्तु तथा पशु चौपाया छाड्ने र खोला किनारमा हिँडडुल नगरिदिन कम्पनीले अनुराेध गरेकाे छ । साथै, प्रभावित क्षेत्रमा लाइनको तार छुने, टावरमा चढ्नेजस्ता कार्य नगर्न कम्पनीले आग्रह गरेकाे छ ।

आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिल उपकरण जडान, परीक्षण पुरा गरी उत्पादन परीक्षण सुरु गरिएको हो । अब, चाँडै व्यवसायीक उत्पादन सुरु गर्ने जनाइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img