Thursday, December 5, 2024
spot_img

बक्याैत तिर्न दिएकाे १५ दिनकाे समयावधि सकियाे, लाइन नकाट्न आयोगको निर्देशन

spot_img

Share

spot_img

काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नउठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले मंगलबार (आज) प्राधिकरणलाई पत्रचार गर्दै उक्त बक्यौता विद्युत् महसुल टीओडी मिटर (टाईम अफ डे) को आधारमा महसुल उठाउन निर्देशन दिएको हो ।

प्राधिकरणले यसअघि मन्त्रिपरिषद्को निर्णयलाई देखाएर १५ दिनको समय दिएर उद्योगमा लाइन जोडेको थियो । उक्त समयावधि बुधबार अर्थात मंसिर १२ गते सकिँदैछ । तर, विद्युत नियमन आयोगले मंगलबार नै लाइन नकाट्न निर्देशन दिएकाले अब प्राधिकरणले लाइन काट्न नसक्ने भएको छ ।

यसैबीच, सरकारले विद्युत महशुलको बक्यौता रकम जाँच गरी टिओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न प्रा.डा. अरविन्द कुमार मिश्रको संयोजकत्वमा गठन गरेको समितिले काम अघि बढाएको छ ।

कार्यदलमा नेपाल विद्युत प्राधिकरणका केही समयअघि अवकाशप्राप्त श्रीराम राज पाण्डे र र चार्टर्ड अकाउन्टेन्ट सुजनकुमार काफ्ले सदस्य रहेका छन् । यो कार्यदलले प्राधिकरणले काटेको बिल टाइम्स अफ डे (टिओडी) मिटरअनुसार भए/नभएको र गणना गरेको मिले/नमिलेको जाँच गर्ने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img