Thursday, December 5, 2024
spot_img

एमसीसी अन्तर्गत ४०० केभी प्रसारण लाइन बनाउन ठेक्का आह्वान

spot_img

Share

spot_img

काठमाडाैँ । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २९७ किलोिमटर लामो ४०० केभी विद्युत् प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरेको छ । एमसीए- नेपालले आज एक सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि बोलपत्र आह्वान गरेको हो ।

उक्त प्रसारण लाइन निर्माण गर्न गत वर्ष मात्रै एमसिए नेपालले ठेक्का आह्वान गरेको थियो तर, २०८० असोज २६ गते सबै ठेक्का रद्द भएको जनाएको थियो । लप्सीफेदी रातमाटे-न्यु हेटौंडा, रातामाटे-न्यु दमौली र नयाँ दमौली-न्यु बटवलकाे ठक्का रद्द भएकाे थियाे ।

यसमा चरणको लप्सीफेदी-रातामाटे-न्यु हेटौंडा, दोस्रो चरणको रातामाटे-न्यू दमौली, र तेस्रो चरणको न्यु दमौली- न्यु बुटवलसम्मको प्रसारण लाइन निर्माणका ठेक्का आह्वान गरिएको छ । तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ । न्यु बुटवल-नेपाल भारत सीमा क्षेत्रको प्रसारणलाइनका लागि भने यसअघि नै ठेक्का प्रक्रिया शुरु भइसकेको छ ।

एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाखमा प्रसारणलाइन,  सबस्टेसन र सडक निर्माण गरिनेछ । कुल ३१५ किमी प्रसारणलाइन, ४०० केभी क्षमताका तीन सबस्टेसन र  दाङको भालुवाङदेखि बाँकेको शिवाखोलासम्म ७७ किमी सडक स्तरोन्नती हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img