Sunday, January 19, 2025
spot_img

नेपाल स्काउटसँग जोडेर ऊर्जामन्त्रीमाथि लगाइएको आरोप गलत

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल स्काउटसँग जोडेर ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको चरित्रहत्या गर्नेगरी विभिन्न सञ्चार माध्याम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामाग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजित र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले बुधबार साँझ संयुक्त विज्ञप्ती जारी गरी ऊर्जामन्त्री खड्कालाई जोडेर व्यक्तिगत लाञ्छना लगाउने एवम् व्यक्तिगत चरित्रमाथि समेत प्रहार गर्ने नियोजित उदेश्यले भ्रामक एवम् तथ्यहिन समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको बताइएको हो ।

“ऊर्जामन्त्री खड्का विगत दुई बर्षदेखि खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिसँग सम्बन्धित नरहेको जनाउँदै कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगतको जानकारी प्राप्त हुन आएको छ, तथ्य नबुझीकन समाचार प्रकाशन हुँदा व्यक्तिगत चरित्रमाथि प्रहार भएको छ,”–संयुक्त विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा विगतमा संस्थागत रुपमा नेपाल स्काउट तथा खड्का ल्याण्ड डेभलप्मेण्ट प्रालि. बीच व्यवसायिक विषयमा केही असमझदारी भएपनि पछिल्लो समयमा उक्त असमझदारीलाई पूर्ण रुपमा निराकरण गर्ने उदेश्यले दुवै पक्षका जिम्मेवार प्रतिनिधिबीच निरन्तर भेटघाट, छलफल तथा सम्वादहरु चलिरहेको र समाधान निकट पुगिसकेको बताइएको छ ।

दुई पक्षबीच यसअघि सम्झौता भएबमोजिम वहाल वापतको बक्यौता हिसाव कितावको कार्य सम्पन्न भई विभिन्न मितिमा वक्यौता रकम दाखिला निरन्तर भइरहेको र बक्यौता वापतको बाँकी सावाँ रकम आगामी दश दिनभित्र दाखिला गरिसक्ने सम्झौता भइसकेको बताइएको छ ।

दुई पक्षबीच आपसी समझदारीमा निराकरण उन्मुख बिषयप्रति न्यूनतम जानकारी समेत नराखी समाचार प्रकाशन तथा प्रसारण गर्नु प्रतिष्ठित सञ्चार माध्यमहरुलाई कदापी शोभनीय नहुने विज्ञप्तीमा उल्लेख छ ।

सञ्चार माध्यमको विश्वसनीयता तथा निस्पक्षतामाथि समेत यस्ता कार्यले गम्भीर प्रश्न उठ्नसक्ने र विश्वासको वातावरण खल्वलिन जाने भन्दै समाधान निकट पुगिसकेको बिषयलाई थप जटिलतातर्फ नधकेल्नसमेत अनुरोध गरिएको छ ।

नेपाल स्काउट र खड्का ल्याण्ड प्रालिले यस्ता प्रकारका समाचार तथा सामाग्रीहरु प्रकाशन तथा प्रसारण नगरिदिनु हुन आम सञ्चार माध्यमहरु तथा सम्वद्ध सबैमा हार्दिक अपिलसमेत गरेको छ ।

विभिन्न सञ्चार माध्याममा बहाल रकम यती वक्यौता रहेको भनी कपोलकल्पित समाचार प्रकाशन हुने गरेको तर यथार्थमा अत्यन्त न्यून रकम मात्र बाँकी रहेको जनाइएको छ । उक्त बाँकी रकमपनि केही दिन भित्र नै भुक्तानी हुने अवस्थामा रहेको हुँदा दुवै पक्षबीच आपसमा कुनै प्रकारको असहमती नरहेको जनाइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img