Sunday, January 19, 2025
spot_img

हकप्रद सेयर निष्कासन गर्दै मन्दाकिनी हाइड्रो

spot_img

Share

spot_img

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नाे सेयरधनी सदस्यका लागि १ः१.२५ काे अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाएकाे हाे ।

हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ । यस कम्पनीद्वारा प्रवर्द्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको र आयोजनाबाट ४ मेगावाट बराबरको विद्युतशक्ति २०७४ साल मंसीरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ तथा जारी पूँजी ६४ करोड ६७ लाख रुपैयाँ छ। मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img