Sunday, January 19, 2025
spot_img

नेपालले थप ३५० मेगावाट विद्युत् आयातको अनुमति पायो

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ३५० मेगावाट विद्युत् आयातको अनुमति पाएको छ । प्राधिकरणले भारतको बिहारबाट ३०० र उत्तर प्रदेशबाट ५० मेगावाट विद्युत् आयोतको अनुमति पाएको हो ।

प्राधिकरणले बिहारको रक्सौल–परवानीपुर, कुशाहा–कटैया र गण्डक–रामनगरबाट ४५० मेगावाट र उत्तर प्रदेशको मैनहिया–सम्पत्तियाबाट १५० मेगावाट गरी ६०० मेगावाट विद्युत् आयातको अनुमति मागेको थियो । तर, भारतले ३५० मेगावाटको लागि मात्रै अनुमति दिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार केन्द्रिय बिडबाट बिड गरेर आयात हुन्छ ।

प्राधिकरणले यसअघि ढल्केबर–मुजफफ्पुर अन्तरदेशिय प्रसारण लाइनबाट ६५४ मेगावाट विद्युत् आयात गर्दै आएको थियो । अब, ३५० मेगावाटको अनुमति पाएसँगै १००४ मेगावाटको बिजुली आयात अनुमति पाएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपालको विद्युत् जडित क्षमता करिब ३४०० मेगावाट पुगेको छ । तर, अधिकांश आयोजना नदी प्रवाहमा आधारित भएकोले नेपाललाई हिउँदको समयमा लोड व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । अझ, बाढी पहिरोले आयोजनामा क्षति पुर्याउँदा करिब ५०० मेगावाट उत्पादन प्रभावित हुँदा झन थप समस्या भइरहेको छ ।

प्राधिकरणले नेपालको हिउँदको समयको लोड व्यवस्थापन गर्न बिजुली आयात गर्ने गरेको छ भने वर्षायामको समयमा भारतलाई बिजुली बिक्री गर्दै आइरहेको छ । हालसम्म भारतमा ९५१ मेगावाट बराबरको विद्युत् निर्यात अनुमति पाएको छ भने बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात अनुमति पाइसकेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img