काठमाडाैँ । नेपाल सरकारका पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले विद्युत् विधेयक र जलस्रोत ऐनलाई एउटै ठाउँमा राखेर छलफल गर्न जरुरी रहेको बताए । सोसाइटी आफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को २९औं वार्षिक साधारणसभामा बोल्दै उनले तत्कालको विद्युत् विधेयक जस्ताको त्यस्तै पास गर्ने हो भने यसले ऊर्जा क्षेत्रमा डिजास्टर ल्याउने बताए ।
यसैगरी, नेपाल सरकारका पूर्व सचिव अनुप कुमार उपाध्ययले पनि विद्यु्त् विधेयकलाई संशोधन गर्नुपर्ने बताउँदै Power sector Reform सम्बन्धि नीतिगत छलफलमा सिनको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए । सिनमा आबद्ध सम्पूर्ण इन्जिनियरहरूले सरकारलाई नीतिगत निर्णयहरूमा सहयोग गर्न जरुरी रहेको पनि उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले कुलमान घिसिङले सिनलाई आगामी दिनहरूमा अझै सुदृढ बनाउन मन्त्रालय, प्राधिकरणबाट विगतमा जस्तै सहयोग तथा समन्वय हुने बताए । नेपालको ऊर्जा क्षेत्रमा नीतिगत तहमा सल्लाह सुझाव दिनका लागि सिनले क्रस बोर्डर इलेक्ट्रिसिटी ट्रेड, पप्प स्टोरेज प्रोजेन्ट, जलाशय आयोजना, सोलार ग्रिड आयोजना तथा ऊर्जा मिक्स जस्ता विषयमा बृहत छलफल गरी ऊर्जा क्षेत्रमा कार्यरत विज्ञ तथा इन्जिनियरहरूको एउटै धारणा बनाउन जरुरी रहेको जानकारी दिए ।
यसैगरी, नेपाल सरकारका पूर्व सचिव डा. गोविन्द राज भट्टले नेपालमा विद्युत् क्षेत्रमा युग परिवर्तन भएको र यसमा नेपाल विद्युत प्राधिकरणले गरेका कामहरू उल्लेखनीय रहेको वताए । उनले विद्युत प्रणाली तथा प्रसारण लाइनमा एकरूपता (प्राविधिक रूपमा) ल्याउन Design considerations र system parameter मा एकरूपता हुन आवश्यक भएको बताए । उनले उर्जा क्षेत्रमा नेपालमा धेरै निकायहरू छन् तर प्रत्येक संस्थाको जिम्मेवारीको स्पष्ट रूपमा भिन्नता नभएको बताए ।
क्रस बोर्डर ऊर्जा व्यापारको विषयमा system stability र Energy Price को सन्दर्भमा छलफल हुनुपर्ने, solar enery technology र Large Hydropower Project को सन्दर्भमा गरिने सम्झौतामा राष्ट्रिय प्राथमिकताका विषयमा विशेष जोडदिनुपर्ने बताए ।
नेपालको ऊर्जा क्षेत्रका विभिन्न निकायहरूमा कार्यरत तथा सेवानिवृत्त इलेक्ट्रिक इन्जिनियर्सहरूको बृहत सहभागीका साथ सिनको वार्षिकोत्सव सम्पन्न भएको छ ।