Sunday, January 19, 2025
spot_img

ईङवा हाइड्रोले ८ मेगावाटको तल्लो इङ्वा बनाउँदै

spot_img

Share

spot_img

काठमाडौँ । ईङवा हाईड्रो पावर लिमिटेडले ८ मेगावाटको तल्लो ईङवा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनामा बहुमत सेयर लगानी गरी निर्माण प्रक्रिया अघि बढाएकाे हाे ।

कम्पनीले ताप्लेजुङ र पाँचथरमा उक्त आयोजना निर्माण गर्न लागेको हो । कम्पनीले विकास गरिरहेको यस आयोजनाको नेपाल सरकार विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । उत्पादीत विद्युत् खरिद बिक्रीका लागि कम्पनीले नेपाल विद्युत प्राधिकरण समक्ष विद्युत खरिद विक्री (पीपीए) सम्झौताका लागि निवेदन दिएको छ ।

कम्पनीले यसअघि ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजनाबाट हिउँदयाममा २४.९ गिगावाट घण्टा र बर्खायाममा ४०.८३ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

२०८० साल आषाढ महिनामा आएको बाढी तथा पहिरोको कारण अवरुद्ध यस आयोजना मर्मत संभार गरि २०८० साल चैत्र २८ गतेवाट पाँचथर जिल्लाको हिलियाङ गाँउपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जोडि व्यवसायिक विद्यूत उत्पादन गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img