Monday, March 9, 2026
spot_img

बीवाइडीले सार्वजनिक गर्याे ९ हजार २०० गाडी बोक्न सक्ने कार क्यारियर

spot_img

Share

spot_img

काठमाडाैँ । चीनको नयाँ ऊर्जा गाडी (NEV) निर्माण गर्ने अग्रणी कम्पनी BYD ले ‘BYD Shenzhen’ सार्वजनिक गरेको छ । जुन संसारकै ठूलो रोल–अन/रोल–अफ (चय–चय) कार क्यारियर हो ।

यस जहाजको ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता छ र यो BYD को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्वपूर्ण कदम हो ।

चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज LNG डुअल–फ्युल प्रविधि, BYD का अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । यी प्रविधिले ‘BYD Shenzhen’ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ ।

‘BYD Shenzhen’ ले BYD को बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि “BYD Explorer No 1, BYD Hefei, BYD Changzhou’ जस्ता जहाजहरूले ७ हजारदेखि ९ हजार २०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा NEV आपूर्ति गरेका थिए । BYD ले २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउनेछ ।

२०२४ मा, द्यथ्म् ले ४ लाख १७ हजार ००० भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा, द्यथ्म् नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img