काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत वितरण लाइन भूमिगत गर्न ५ वितरण केन्द्र अन्तर्गतको विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर, लगनखेल, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रको आपूर्ति बन्द गर्ने भएको हो ।
प्राधिकरणले आज अर्थात सोमबार बानेश्वर वितरण केन्द्र अन्तर्गतको टङ्गाल र नक्साल फिडरको आपूर्ति बन्द गर्ने भएको छ । यी फिडर बन्द हुँदा भत्केकोपुल (चाबहिल) वरीपरीका क्षेत्र प्रभावित हुनेछ ।
यसैगरी, २२ गते कुलेश्वरअन्तर्गतको कलंकी फिडर बन्द गर्दा कलंकी मालपोत वरीपरीका क्षेत्र प्रभावित हुनेछ । यो केन्द्र अन्तर्गतको बलम्बु फिडरबाट हुने आपूर्ति २४ गते अवरुद्ध हुनेछ ।
बानेश्वरको इमाडोल र लगनखेल च्यासल, लुभु फिडरको सेवा २३ गते बन्द हुनेछ । यसैगरी, कीर्तिपुर फिडर २५ गते, डाँची फिडर २७ गते, बत्तिसपुतली फिडर २८ गते र धोबीखोला फिडर २९ गते बन्द हुनेछ । विद्युत् सेवा बिहान ११ बजेदेखि ४ बजेसम्म अवरुद्ध हुनेछ ।












