Sunday, March 23, 2025
spot_img

खानी खोला हाइड्रो पावरको १२औं वार्षिक साधारणसभा सम्पन्न

spot_img

Share

spot_img

काठमाडौँ । खानी खोला हाइड्रो पावर कम्पनी लिमिटेडको १२औं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाडौंमा भव्य रूपले सभा सम्पन्न भएको हाे ।

कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गरेको छ ।

भव्य र सभ्यरुपले सम्पन्न सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै साभाबाट संचालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवि श्रेष्ठलाई अनुमोदन गरिएको छ ।

साथै कम्पनीले रिक्त रहेको स्वतन्त्र संचालकमा उदेन शाक्यलाई गरेको नियुक्तीलाई पनि सभाले अनुमोदन समेत गरेको छ । साधारणसभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरूले आफ्नो भनाई राखेका थिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img