Saturday, September 21, 2024
spot_img

एक वर्षका लागि हुने गरेको विद्युत् आयात सम्झौता तीन महिनाका लागि मात्र थपियो

spot_img

Share

spot_img

पछिल्लाे केही दिनदेखि भारतले नेपालसँगको विद्युत् आयात अनुमति नवीकरण नगरिदिँदा लोडसेडिङ सुरु हुन सक्ने भनि गरिएको आकलनको निवारण भएको छ । नेपाल विद्युत् प्राधिकरणले बुधबार भारतीय प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) मार्फत ५५४ मेगावाट विद्युत् आयात गर्न पाउने गरी तीन महिनाका लागि सम्झौता नवीकरण गरेसँगै लोडसेडिङ हुने भनिएको समस्या टरेको हो ।

यसअघि एक वर्षका लागि हुने गरेको विद्युत् आयात सम्झौता यसपटक तीन महिना अर्थात २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको छ । हरेक वर्ष नवीकरण हुनुपर्ने उक्त सम्झौताको म्याद यही ३१ मार्चमा सकिन लागेको थियो । अब अप्रिल १ बाट लागु हुने गरी सम्झौता नवीकरण भएको हो ।

नवीकरण अनुसार ढल्केबर–मुजफ्फरपुर ४०० केभी सीमापार प्रसारण लाइनबाट ५०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी लाइनबाट ५४ मेगावाट विद्युत् आयात गर्ने स्वीकृत प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपालले भारतको डेअहेड बजारबाट बिजुली खरिद गर्दै आएको छ । यो बजारबाट बिजुली खरिदका लागि नेपालले २०७८ बैशाखमा अनुमति पाएको थियो । पाँच वर्षका लागि भएको उक्त अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने शर्त रहेको छ ।

नेपालले भारतसँग १० वर्षभित्र १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणले चालुवर्ष भारततर्फ विद्युत् बिक्री गरेर १५ अर्ब २४ करोड रुपैयाँको आम्दानी गरेको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img