Sunday, March 23, 2025
spot_img

हरित हाइड्रोजनमा भारतको रफ्तार, नेपाल अझै अन्यौलमा

spot_img

Share

spot_img

काठमाडौँ । भारत हरित हाइड्रोजनको क्षेत्रमा तिव्र गतिमा अघि बढेको छ । यातायात तथा औद्योगिक प्रयोगमा आइरहेको पेट्रोलियम र कोइलाको विस्थापनमा हरित हाइड्रोजनलाई उपयोगमा ल्याउने राष्ट्रिय संकल्पका साथ योजनाबद्ध विकासमा भारत छ ।

हरित हाइड्रोजन यातायातका साधनमा मात्रै नभई औद्योगिक प्रयोगमा समेत ल्याउनेगरी भारतले तीन वर्षअघि नै राष्ट्रिय हाइड्रोजन मिसन घोषणा गरिसकेको छ । जसयता हाइड्रोजन क्षेत्रमा राम्रो विकास भइसकेको छ ।

विश्वमा भारतलाई हाइड्रोजन उत्पादनको हब बनाउने उद्देश्यले घोषणा भएको ‘मिसन’ विस्तारै सफल हुँदै गएको देखिन्छ । भारतले हालैमात्र फेब्रुअरी ११ देखि १४ सम्म आयोजित ‘ऊर्जा सप्ताह २०२५’मा हाइड्रोजन गाडी सार्वजनिक गरेको छ । भारतले हाइड्रोजन ऊर्जा क्षेत्रमा पूर्वाधार विकाससँगै महत्वपूर्ण फड्को मारिसकेको छ । साथै, यही मार्चबाट हाइड्रोजन रेल समेत सञ्चालन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

सन् २०३० सम्म भारतले ५० लाख टन हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ । भारतले हाइड्रोजन क्षेत्रको विकासमा रफ्तार ल्याएपछि नेपालमा लामो समयदेखि हाइड्रोजन ऊर्जा र सवारीको विकासमा काम गर्दै आइरहेका सरोकारवालाहरू भने निरुत्साहित भएका छन् । नेपालमा हाइड्रोजन उत्पादनको सम्भावना राम्रो भएपनि सरकारले नीतिगत र व्यवहारीक पहल नगर्दा पछि परेको देखिन्छ ।

सरकारले गत वर्ष २०८० को माघमा ग्रिन हाइड्रोजन नीति ल्याएको थियो । तर, त्यसयता थप उल्लेख्य उपलब्धि भएकाे देखिदैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नीति कार्यान्वयनका लागि संरचनागत व्यवस्था गर्ने भन्दै विभिन्न निकायलाई पत्राचार गरेको छ । भारत लगायतका देशले हाइड्राेजन विकासमा तिव्रता ल्याएपनि नेपाल भने अझै नीतिमै सिमित देखिन्छ ।

हाइड्रोजन विकासमा भारतले गति लिइसक्दा उच्च सम्भावना रहेको नेपाल भने पछि परेको सरोकारवालाहरू बताउँछन् । नेपालले पनि भारतसँग लगानी, प्रविधि लगायत विविध विषयमा समन्वय र सहकार्य गरी अघि बढ्न ढिला गर्न नहुने जानकारीहरू बताउँछन् ।

नेपालमा विश्वकै सस्तो हाइड्रोजन उत्पादन गर्न सकिने विज्ञहरूको दाबी छ । काठमाडौँ विश्वविद्यालय (केयू)का सहप्राध्यापक एव हाइड्रोजन ल्याव प्रमुख विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने बताउँदै आएका छन् ।

सोलार, विण्ड हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिन्छ । नेपालमा प्रशस्त पानी र बिजुली छ । हाइड्रोजन क्षेत्रमा काम गर्दै आइरहेको केयूले हाइड्रोजन चुलोको सफल परीक्षण गरिसकेको छ । हाइड्रोजन कारको पनि सफल परीक्षण भइसकेको छ । नेपाल मात्र नभएर चीन, भारत, बंगलादेश लगायत बजार हुने सक्ने हाइड्रोजन उत्पादनमा सरकारले जतिसक्दाे चाँडाे पहल गर्नुपर्छ, ढिला गर्नुहुँदैन ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img