Sunday, March 23, 2025
spot_img

३० प्रतिशत माग धान्ने गरी चन्द्र ढकालले खोले कागज उद्योग

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्तरीको गौशाला नगरपालिकामा २ अर्ब रुपैयाँ बढीको लगानीमा कागज उद्योग सञ्चालनमा ल्याएका छन् । ३० प्रतिशत माग धान्न सक्ने यो देशकै सबैभन्दा ठूलो कागज उद्योग हो ।

बैंक वित्तीय संस्था, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि लगायतका क्षेत्रमा संलग्न हुँदै आएका ढकालले ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ को नाममा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् ।

नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न यो कागज उद्योग स्थापना गरिएको हो । उद्योगले प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिनेछ ।

विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर, टिस्यु पेपर जस्ता उत्पादनहरूका लागि नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ । नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएपछि कुल मागको करिब ३० प्रतिशतभन्दा बढी कागज स्वदेशमै उत्पादन हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img