काठमाडाैँ । प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ स्वीकृत भएको छ । सभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
मन्त्री खड्काकाे प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो । सभामुख देवराज घिमिरेले संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूलाई अवसर प्रदान गरिएको जानकारी दिए ।
मन्त्री खड्काले हरितगृह ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने प्रभाव न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवर्द्धन, ऊर्जा सम्मिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारे ।