काठमाडाैँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकािरक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘कर्भ ईभी’, ‘नेक्सन के३ ईभी’ र ‘टाटा सफारी’ वीरगञ्जमा पनि सार्वजनिक गरेको छ । टाटाको काठमाडौंमा हालै सार्वजनिक भएका ईभी वीरगञ्जमा पनि सार्वजनिक गरिएकाे हाे ।
वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडी कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक गरिएको हो । कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीका साथ सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान उपस्थित थिए ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सिजापतीले वीरगञ्जमा टाटाका नयाँ गाडी सार्वजनिक गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए । प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्सित भएको बताए।
कार्यक्रममा कृषि तथा सहकारीमन्त्री क्षेत्रीले भने, ‘सिप्रदीको सर्भिस सुविधा देखेर अत्यन्त प्रभावित भएको छु। यसमा अझै थप विकाश हुदै जाओस भन्ने कामना व्यक्त गर्न चाहन्छु ।’ टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै काठमाडौँ-भारतको पटना, मुज्जफापुर सजिलै आवत जावत गर्न सकिने बताए ।