Wednesday, April 30, 2025
spot_img

‘नेपालको माग पूरा गर्न ८२५ मेगावाट विद्युत् आयात भइरहेकाे छ’

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री खड्काले हिजो पनि लोडसेडिङ रहेको र आज पनि त्यहि अवस्था रहेको बताए । विगतमा उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएकोमा अब घर मै लोडसेडिङको अवस्था आएको मन्त्री खड्काले उल्लेख गरे ।

उनले भने ‘अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्‌ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ । हिजो पनि लोडसेडिङ थियो, आजपनि छ ।’

मन्त्री खड्काले उज्यालोका नायक कुलमान घिसिङ नभई भारतबाट ल्याएको बिजुलीले लोडसेडिङ हटेको जस्तो देखिएको उल्लेख गरे। अहिले पनि ८२५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपुर्ति धानिरहहेको बताउँदै ऊर्जामन्त्री खड्काले भारतबाट आयातित विद्युत्‌का कारण लोडसेडिङ हटेजस्तो भएको बताए ।

उनले भने ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपुर्ति हुन सकेको छैन, त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है । बरु यो धन्यावाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यावाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो ।’

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिए पनि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img