काठमाडाैँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा परीक्षक तालिम सञ्चालन गर्ने भएको छ । नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको केन्द्रले ऊर्जा परीक्षक तालिम सञ्चालन गर्न लागेको हो ।
विभिन्न उद्योग तथा व्यवसायिक संस्थाहरूमा ऊर्जा लेखापरीक्षण गर्दै ऊर्जा दक्षता सुधार गर्न सक्षम जनशक्ति विकास गर्ने उद्देश्यले यो तालिम सञ्चालन गर्न लागिएको केन्द्रले जानकारी दिएको छ ।
इच्छुक उम्मेदवारहरू आगामी २२ गतेभित्र गुगल फर्म मार्फत आवेदन बुझाउनुपर्ने छ ।
