Wednesday, April 30, 2025
spot_img

साढे २ करोड भ्रष्टाचार गरेको ठहर भएका प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बनस्थलीबाट उनलाई पक्राउ गरेको हो ।

उनी विरुद्ध भ्रष्टाचार गरी गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आयोगले उजुरीका आधारमा उनीमाथि छानबिन गरेको थियो ।

आयोगकातर्फबाट अनुसन्धान अधिकृत दिनेश लुइटेलले छानबिन प्रतिवेदन तयार पारेका थिए । आयोगले विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीले भ्रष्टाचार गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेर मुद्दा दर्ता गरेको थियो ।  सर्वोच्च अदालतले २०८१ मंसिर १२ गतेको फैसलाले उनलाई भ्रष्टाचारमा दोषी ठहर्‍याएको थियो ।

उनलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ (छ) महिना कैद हुने ठहर भएको छ । सो सजाय बेरुजू भई फरार रहेका उनलाई प्रहरी टोलीले चैत १० गते बनस्थलीबाट पक्राउ गरेको जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img