काठमाडाैँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हाे ।
यसअघि शाक्यलाई नै हटाएर कुलमान घिसिङलाई नियुक्त गरेको सरकारले हितेन्द्रलाई नै नियुक्त गरेर कुलमानलाई हटाएको हो । घिसिङ दाेस्राे पटक २०७८ साउन २५ गते उक्त जिम्मेवारीमा नियुक्त भएका थिए ।
घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको भन्ने विषयमा अहिलेसम्म आधिकारीक सूचना भने आएको छैन ।