Wednesday, April 30, 2025
spot_img

खड्क नगरपालिकाले दोस्रो पटक बुझायो सिँचाइ मिटर वापतको १२ लाख महसुल

spot_img

Share

spot_img

काठमाडाैँ । सप्तरीको खड्क नगरपालिकाले स्थानीय किसानको सिँचाइ मिटरको बक्यौता महसुल नेपाल विद्युत् प्राधिकरण बोदेबरसाइन वितरण केन्द्रलाई बुझाएको छ । नगरपालिकाले दोस्रो पटक किसानको सिँचाइ मिटरवापतको बक्यौता महसुल बुझाएको हो ।

नगरपालिकामा रहेका सम्पूर्ण किसानको सिँचाइ मिटर वापतको १२ लाख रुपैयाँ बक्यौता महसुल चेकमार्फत बुझाएको केन्द्र प्रमुख ई.संयोग विश्वकर्माले जानकारी दिए । यसअघि पनि नगरपालिकाले सिँचाइ मिटरवापतको ७ लाख ३३ हजार ७०५ रुपैयाँ बक्यौता बुझाएको थियो ।

आगामी दिनमा पनि नगरपालिकाले नै सिँचाइ मिटरवापतको बक्यौता भुक्तानी गर्ने भएकोले किसानहरूमा उत्साह बढाएको छ । यसले कृषि प्रधान देश कृषि क्रान्तिको बाटोतिर अग्रसर हुँदै गएको प्रष्ट देखिन्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img