काठमाडाैँ । सर्वाेच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको छुट्टाछुट्टै मुद्दालाई आगामी आइतबार डिभिजन बेञ्च (संयुक्त इजलास) मा सुनुवाई गर्ने भएको छ ।
सर्वाेच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सरकारी पक्षको भनाई पनि सुन्नुपर्ने भएकाले दुबै मुद्दालाई लगाउ राखी आइतबार सुनुवाई गर्ने भएकाे हाे ।
घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई गैरकानुनी रुपमा हटाएको भन्दै बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, उर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसैगरी, सरकारले ४ वर्ष अगाडि कुलमानलाई नियुक्त गरेर आफूलाई हटाएको मुद्दा टुंगो नलाग्दै सरकारले आफूलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएकोले शाक्यले पुरानो मुद्दा टुंगाइदिन भन्दै विहीबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।