काठमाडाैँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रालय स्रोतका अनुसार उनले व्यक्तिगत कारण देखाएर राजीनामा बुझाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त अधिकारीलाई भदाै १३ गते मन्त्रिपरिषद् बैठकले विशिष्ट श्रेणीको सेवा सुविधा पाउने गरी वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेको थियो ।
विद्युत् प्राधिकरणमा तीन दशक काम गरेका अधिकारी विद्युत् व्यापार, अन्तरदेशीय ऊर्जा आदान–प्रदान तथा नीति विज्ञ पनि हुन् ।