काठमाडाैँ । अटो व्यवसायीहरूले अटो क्षेत्रले देशकाे अर्थतन्त्र र पूर्वाधारमा महत्वपूर्ण भुमिका खेलेकाे बताएका छन् । उनीहरूले सरकारले बजेट निर्माण प्रक्रियालाई अगाडि बढाइरहेको समयमा देशकाे अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका रहेकाे यस क्षेत्रकाे दिगो नीति बनाउनुपर्ने बताए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले मंगलबार ललितपुरमा ‘नाडा अटो डायलग’ को आयोजना गर्दै नाडाले वर्तमान नीतिले व्यवसायमा चुनौती थपिएको भन्दै सरकारसँग सुधारको माग गरेका छन्हो ।
सरकार निजी क्षेत्रको मनोबल बढाउने प्रयासमा लागेको र आवश्यक कानूनी र संरचनात्मक सुधार गर्दै अगाडि बढ्ने अर्थसचिव घनश्याम उपाध्यायले बताए । उनले समग्र देशकाे विकास हेर्दा अटाे क्षेत्रकाे महत्वपूर्ण भूमिका रहेकाे बताउँदै सरकार यस क्षेत्रकाे प्रवर्द्धन र विकासका लागि दिगाे नीति बनाउनेतर्फ अग्रसर रहेकाे बताए । उनले आर्थिक विकासका लागि इनोभेटिभ मोबिलिटी आवश्यक भएको पनि बताए । उनले मोबिलिटीले आर्थिक पाटोमा धेरै सहयोग गर्ने र यातायात विना विकास सम्भव नभएकाे बताए ।
यस्तै कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव तथा पूर्वअर्थसचिव रामप्रसाद घिमिरले पनि अटो क्षेत्रले देशको अर्थतन्त्र र पुर्वाधारमा महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले पूर्वाधार निर्माणसँगै अरू पक्षलाइ पनि सँगै लगेर जानुपर्ने बताए । अटो क्षेत्रलाई प्राथमिकतामा राख्दै सुधारका लागि दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) का सिनियर अफिसर हेमन्त तिवारीले मोबिलिटी र पर्यावरण दुवैलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे । उनले यो योजना काठमाडौं उपत्यका, पोखरा, चितवन, बुटवललगायका सहरहरुमा लागू गर्ने तयारी भइरहेको पनि जानकारी गराए । उनले पछिल्लाे समय सार्वजनिक सवारीमा निजी क्षेत्रकाे लगानी बढ्दै गएकाेले यसलाइ प्राथमिकतामा राखेर दीगाे नीति बनाउनुपर्ने बताए ।