Wednesday, April 30, 2025
spot_img

ऊर्जा मन्त्री खड्काद्वारा ७८ मेगावाटकाे साञ्जेन आयोजनाकाे उद्घाटन

spot_img

Share

spot_img

काठमाडाैँ । रसुवामा निर्माण सम्पन्न ७८ मेगावाटकाे साञ्जेन खोला जलविद्युत् आयोजनाकाे उद्घाटन भएकाे छ । काठमाडाैँमा एक आयोजना गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बाेल्दै उनले चीन हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेडलाई यो महत्त्वपूर्ण परियोजना सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई ज्ञापन गरे । ‘यो परियोजनाको सफलताले नेपालको ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ । स्वच्छ, नवीकरणीय र दीगो ऊर्जातर्फको हाम्रो यात्रामा सान्जेन खोलाले महत्त्वपूर्ण टेवा पुर्‍याएको छ‘ उनले भने ।

साथै उनले नेपाल र चीनबीचको सहकार्यले हाइड्रो पावर विकासमा नयाँ गति दिएको जानकारी दिए । ‘हामी स्वच्छ ऊर्जा उत्पादन गर्दै, नेपाललाई दिगो विकास र समृद्ध भविष्यतर्फ लैजान कटिबद्ध छौं’ उनले भने ।

यसैगरी, लोडसेडिङ नहुने बताउँदै नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने पनि उनले बताए । सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे ।

प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गरे । नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गरे ।

उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताए । आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उनले स्पष्ट पारे । उनले कर्णाली–चिसापानी जलविद्युत आयोजना नेपाल, भारत र चीनसहित दक्षिण एशियाकै साझा नमूना आयोजना बन्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे । उनले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img