Friday, July 11, 2025
spot_img

उर्जामन्त्री खड्का र भारतीय समकक्षीद्धारा अरुण तेस्राेकाे अवलोकन

spot_img

Share

spot_img

काठमाडौँ, । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् । उर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय समकक्षी खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

सोही क्रममा उनीहरुले आयोजनाको ‘युनिट–२’को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षारोपण समेत गरे । अवलोकनका क्रममा मन्त्रीद्धयले ठेकेदार कम्पनीसँग अहिलेसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएको समस्याको बारेमा जानकारी लिएका थिए।

उर्जामन्त्री खड्काले नेपालको उर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए । “अरुण तेस्रो देशकै महत्वपूर्ण जलविद्युत आयोेजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको छ,सरकारले कुनै कमी हुन दिँदैन, तपाईँहरुले आयोजनालाई चाँडो सम्पन्न गर्न लाग्नुहोस्,”– उर्जामन्त्री खड्काले भने ।

भारतका विद्युतमन्त्री खट्टरले नेपाल जलविद्युतको क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले उर्जा क्षेत्रबाटै समृद्धि हाँसिल गर्न सकिने बताए । उनले अरुण तेस्रो जलविद्युत आयोजना चाँडो सम्पन्न गर्नसके दुबै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिए । भारत सरकार नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाई थियो ।

संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सीमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना ९०० मेगावाटको रहेको छ । उक्त आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी विस २०७५ वैशाखमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । रु एक खर्ब चार अर्ब लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाईड्रोपावर कम्पनीले पाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img