Saturday, June 14, 2025
spot_img

रोयल्टी वापतको साढे २४ करोड, किन तिर्दैनन् निजी क्षेत्र ?

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तथा निजी क्षेत्रले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूको साढे २४ करोड रुपैयाँ रोयल्टी बक्यौता असुल गर्न बाँकी रहेको छ । विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ सम्ममा १२५ जलविद्युत् आयोजनाको रोयल्टी असुल गर्न बाँकी रहेको छ ।

अहिले सञ्चालनमा रहेका १२५ जलविद्युत् आयोजनाको २४ करोड ३८ लाख २६ हजार ९७९ रुपैयाँ रोयल्टी बक्यौता असुल गर्न बाँकी रहेको विभागले जानकारी दिएको छ ।

एक मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाबाट रोयल्टी संकलन गर्ने प्रावधान रहेको छ । अनुमतिपत्र प्राप्त व्यक्तिले जलविद्युतको व्यापारीक उत्पादन सुरु गरेको १५ वर्षसम्म प्रतिजडित किलोवाट वार्षिक एक सया रुपैयाँ र प्रतियुनिट (किलोवाट घण्टा) सरदर बिक्री मूल्यको २ प्रतिशतका दरले रोयल्टी बुझाउनुपर्छ ।

विभागले जलविद्युत् उत्पादक कम्पनीहरूलाई रोयल्टी वापत बुझाउनुपर्ने रकम बुझाउन अनुरोध गरेको छ । नेपाल विद्युत् प्राधिकरणले स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई गर्ने भुक्तानीबाट कट्टा गरी राजस्व दाखिल गर्न पत्राचार गरिएको विभागले जानकारी दिएको छ ।

अहिले सञ्चालनमा रहेका सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको २ लाख ५६ हजार ४४२ रुपैयाँ बक्यौता रोयल्टी बाँकी रहेको छ ।

यसैगरी, विभागका अनुसार सबैभन्दा धेरै अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सञ्चालन गरिरहेको २३.५ मेगावाटको सोलु जलविद्युत् आयोजनाको रहेको छ । यो आयोजनाको १ करोड ५६ लाख ७६ हजार ९५६ रुपैयाँ बक्यौता रोयल्टी बाँकी रहेको छ ।

निजी क्षेत्रले निर्माण गरी सञ्चालनमा ल्याएको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दुधकोसीको ८६ लाख २ हजार ४४३ रुपैयाँ बक्यौता रोयल्टी बाँकी छ । साहास ऊर्जा लिमिटेडले निर्माण गरेको यो आयोजनाले २०७९ फागुन १७ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको थियो ।

४४ मेगावाटको सुपर मादीको पनि ८८ लाख १० हजार ८०८ रुपैयाँ बक्यौता रोयल्टी बाँकी छ । सुपर मादी हाइड्रो पावर लिमिटेडले निर्माण गरेको यो आयोजनाले २०७९ चैत्र २७ गतेदेखि नियमीत विद्युत् उत्पादन सुरु गरेको थियो । सानीगाड हाइड्रो लिमिटेडले सञ्चालन गरिरहेको ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाडको पनि ८१ लाख ३८ हजार २३९ रुपैयाँ बाँकी रहेको विभागको तथ्यांकमा छ ।

पान हिमालयन इनर्जी लिलिटेडले सञ्चालन गरिरहेको ७७ मेगावाटको लिखु १ जलविद्युत् आयोजनाको पनि ७७ लाख रुपैयाँ रोल्यटी बाँकी छ । नुम्बुर हिमालयन हाइड्रो पावर लिमिटेडको ५१ मेगावाटको लिखु खोला ‘ए’ को ७२ लाख ९८ हजार रुपैयाँ बाँकी छ ।

निलगिरी खोला–२ क्यासकेडको ७१ लाख १६ हजार, इन्द्रावती ३ को ७५ लाख १ हजार, मिस्त्री खोलाको ९२ लाख ७४ हजार, चाकु खोला स्मलको ९४ लाख २९ हजार रुपैयाँ बाँकी छ ।

बक्याैता नबुझाउनेहरूकाे नामावली

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img