Saturday, June 14, 2025
spot_img

‘घरायसी ग्राहकवर्गमा लोडसेडिङ हुँदैन’

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकहरूमा लोडसेडिङ नहुने जानकारी दिएकाे छ । प्राधिकरणले उपलब्ध सबै उपाय अपनाएर भएपनि घरायसी ग्राहकलाई २४सै घन्टा विद्युत् सेवा आपूर्ति गर्ने जनाएकाे छ ।

विद्युत् आपूर्तिका विषयमा सामाजिक सञ्जालमा अतिरन्जित हल्ला फैलाइएको भन्दै विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको प्राधिकरण जनाएको छ । प्राधिकरणले हालसम्ममा नेपालभरिको विद्युतको जडित क्षमता ३,५१२ मेगावाट मेगावाट पुगेको र सोमध्ये प्राधिकरणको आफ्नै जलविद्युत् ६६२ मेगावाट रहेको जनाएको छ । 

त्यस्तै, सौर्य २५ मेगावाट र तापीय ५३ मेगावाट रहेको छ । यद्यपि, ५३ मेगावाट तापीय विद्युत् भने हाल बन्द अवस्थामा रहेको जनाइएको छ । नेविप्राका सहायक कम्पनीको ६२३ मेगावाट र निजी क्षेत्र को क्षमता २,१४९ मेगावाट छ ।

जलविद्युत् आयोजनाहरूमा जलाशयुक्त १०६ मेगावाट, आंशिक जलाशय ७८९ मेगावाट र बाँकी नदी प्रवाह आयोजना छन् । हालको उच्च माग (पिक लोड)मा दुई हजार ७७ मेगावाट रहेको र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको प्रधिकरणले जनाएको छ । यसमा नपुग विद्युत् भारतबाट आयात गरी आपूर्ति गरिँदै आएको छ ।

भारतमा अत्यधिक बढेको विद्युत् मागको कारण नेपालले रातको समयमा चाहेजति विद्युत् किन्न नसके पनि प्राधिकरणले उपलब्ध सबै उपाय अपनाएर घरायसी ग्राहकलाई २४सै घन्टा र उद्योगहरूलाई राति केही घण्टाबाहेक अन्य समयमा माग बमोजिम विद्युत् आपूर्ति गरी आएको जनाएको छ ।

हाल प्रिमनसुन सुरु भएकाले हावाहुरी र आकस्मिक चट्याङसहितको वार्षाका कारण केही समयका लागि विद्युत् आपुर्ति अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ । अहिले कुनै कुनै पनि ग्राहस्थ ग्राहक वर्गको क्षेत्रमा लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी वर्गमा कुनै प्रकारको लोड सेडिङ नहुने प्राधिकरणले जनाएकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img