काठमाडौँ । अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले संखुवासभामा ४० मेगावाटको इखुवा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ९ अर्ब १४ करोड ९२ लाख ६३ हजार रुपैयाँ लागतमा उक्त आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले तयार पारेको वातावरणीय प्रभावन मुल्यांकन प्रतिवेदन अनुसार आयोजनाको प्रतिमेगावाट लागत २२ अर्ब ८७ करोड ३१ हजार रुपैयाँ रहेको छ । यो आयोजनाको पे ब्याक पिरेड ६.८० वर्ष रहेको छ ।
आयोजना निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गर्ने कम्पनीको योजना रहेको छ । यो आयोजना निर्माण गर्न २१.२६५ हेक्टर जमिन आवश्यक पर्नेछ भने आयोजनाबाट ८६ घरधुरी प्रभावित हुनेछन् ।
प्रस्तावित जलविद्युत् आयोजना कोशी प्रदेश, संखुुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ४ मा रहेको छ । यस आयोजनाले पेवा खोला र इखुवा खोलाको दोभानदेखि ५०० मिटर माथि बाँध नर्मिाण गरी पानीको बहावलाई ग्राभेल ट्रयाप, कनेक्टिङ च्यानलमार्फत सर्ज साफ्टमा पठाइनेछ ।
तत्तपश्चात पानीलाई प्रेसर साफ्टमार्फत मकालु गाउँपालिका ४ कारमाराङ नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा पुर्याइनेछ । जसबाट ४० मेगावाट विद्युत् उत्पादन हुनेछ ।
उत्पादीत विद्युत् १३२ केभी क्षमताको १.८ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइनमार्फत हाइटारमा प्रस्तावित अरुण हब सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक २३३.९५ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । सुख्खा मौसममा ७०.३०८ गिगावाट आवर र वर्षा मौसममका १६३.६४० गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।