Friday, July 11, 2025
spot_img

२५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाको उद्घाटन

spot_img

Share

spot_img

काठमाडौँ । कास्कीको माछापुच्छ्रेे गाउँपालिकामा निर्माण सम्पन्न २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना उद्घाटन सम्पन्न भएको छ । भिजन लुम्बीनी ऊर्जा कम्पनीद्वारा सम्पन यो आयोजन माछापुच्छे गाउँपालिका तथा पोखरा महानगरपालिका भई बहने सेतिनदीमा निर्माण भएको हो ।

बुटवलका युवा व्यवसायी जगत पोखरेलको नेतृत्वमा निर्माण गरिएको आयोजनाले जलविद्युत क्षेत्रमा अत्याधिक धेरै संस्थापक लगानीकर्ता रहेको आयोजनाको रुपमा समेत पहिचान बनाएको छ। विक्रम सम्बत २०७५ साल आधिन २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पन्तिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको यस कम्पनी लिमिटेडबाट १५ सय भन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएका छन् ।

बार्षिक उर्जा १४८.०९ गिगावाट उत्पादन हुने यो आयोजना विश्वव्यापी कोरोना महामारीका बाबजुद पनि तुलनात्मक रुपमा छिटो सम्पन्न भएको छ । लगानी जुटाउने, निर्णय कार्यान्वयन गराउने, बाधा अवरोध हटाउने र जिम्मेवार पदाधिकारीलाई अधिकतम परिचालन गर्ने, नेतृत्व आफै अत्याधिक सक्रिय रहने लगायतका कारणले यो कार्य संभव भएको हो ।

विक्रम सम्बत २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माण कार्य सम्पन्न भई मिति २०८१ कार्तिक २७ गतेदेखी नेपाल विद्युत्त प्राधिकरणले विद्युत खरिद गर्न सुरु गरेको छ। आयोजना सञ्चालनमा आएपछी हाल सम्म हरेक महिना पिपिएमा तोकिएको भन्दा राम्रो उर्जा उत्पादन भैरहेको छ।

यो आयोजनाको अर्को प्रशंसनीय पक्ष मितव्यीता र पारर्शीता हो। नेपालका हाइड्रोहरुलाई भित्रैदेखि जाने बुझेका देखि नियामक निकायका पदाधिकारीसम्मले सेतीनदी जलविद्युत आयोजनालाई मितव्ययी र पारदर्शी आयोजनाको रुपमा उदाहरण दिने गरेका छन् ।

आयोजनाको नेतृत्वले हरेक खर्च तथा खरिद बारे निर्णय गर्नु पुर्व विज्ञहरु र व्यवस्थापनका पदाधिकारीहरुसँग प्राविधिक, वित्तीय र कानूनी पक्षबाट पर्याप्त अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने गरेको छ।

सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सवस्टेसन सम्म १३२ के.भि.ए. को ४ किलोमिटर ट्रान्मिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ।

कुल झण्डै ६ सय करोडको लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट सुरुको बर्षमा बार्षिक रू. ८७ करोड आम्दानी गर्नेछ । आयोजनामा एन. एम. बि. बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकको ऋण लगानी रहको छ । आयोजनाका लागि बैंकहरुको तर्फवाट तत्कालिन अवस्थामा अनुमानीत कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानीकर्ताहरूको स्वपूजी तथा सेयर मार्फत स्थानीय बासिन्दा एवं सर्वसाधारणको सहभागिताबाट रु. १९१.२५ करोड रकम लगानी जुटाईएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img