Tuesday, February 17, 2026
spot_img

एचआइडिसीएलद्वारा ४४ आयोजनामा ६० अर्ब लगानी स्वीकृत

spot_img

Share

spot_img

काठमाडौँ । हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)द्वारा ४४ आयोजनामा करिब ६० अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने चरणमा रहेका जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएको जलविद्युत् आयोजना निर्माणका लागि लगानी स्वीकृत गरेको हो । हालसम्म ४० आयोजनाका लागि ५९ अर्ब ८४ करोड लगानी स्वीकृत भएको छ ।

लगानी स्वीकृत भएकोमध्ये हालसम्म १४ अर्ब ४ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको कम्पनीले जानकारी दिएको छ । बाँकी ४५ अर्ब ८० करोड रुपैयाँ लगानी प्रवाह हुन बाँकी छ ।

कम्पनीबाट जलविद्युत् परियोजनामा प्रवाह भएको कर्जामध्ये समीक्षा अवधिको अन्त्यसम्म ६ अर्ब ९७ करोड रुपैयाँ कर्जा बाँकी रहेको छ । सञ्चालनमा आएका आयोजनाहरूबाट कर्जा भूक्तानी तालिका अनुरुप नियमित रुपमा कर्जा असुली भइरहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्म बजार मुल्यअनुसार स्वपुँजी लगानी अन्तर्गत सार्वजनिक एंव निजी क्षेत्रबाट प्रवद्र्धित जलविद्युत् तथा नवीकरणीय ऊर्जा सम्बन्धी परियोजना/कम्पनीहरूमा ४ अर्ब ५० करोड (लागत मूल्य अनुसार ३ अर्ब ४३ करोड) स्वपूँजी लगानी भएको छ ।

कम्पनीले आफ्नो सहायक कम्पनीमार्फत अघि बढाएका घुन्सा खोला र सिम्बुला खोला जलविद्युत् आयोजनाहरूको सेयर संरचनामा नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडलाई सहभागि गराइ सेयर संरचना परिवर्तन गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img