काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पिपुल्स पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले सेयरधनीहरू १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काुसन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।








