Tuesday, February 17, 2026
spot_img

बजेटको पुर्वसन्ध्यामा विद्युतीय गाडीले भरियो सुक्खा बन्दरगाह

spot_img

Share

spot_img

काठमाडाैँ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह विद्युतीय सवारीसाधन (ईभी) ले भरिएका छन् । विद्युतीय सवारीसाधन कर बढ्ने हल्लाले ईभी आयातकर्ताले ठूलो संख्यामा गाडीहरु ल्याएसँगै बन्दरगाह ईभीले भरिएको हो ।

बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् । अहिले सडकमा विद्युतीय गाडीको संख्या उल्लेख्य रुपमा बढेको छ । सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको हो । नयाँ गाडी किन्ने मात्र नभई गाडी अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ ।

बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरुले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभीमा खासगरी चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीहरुले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img